स्थानिय समाचार

रौतहट सदरमुकाम गौर सम्पर्क बिच्छेद

2017-08-14 08:36:12

रौतहटको गौर सदरमुकाम जाने बाढी बाढीले क्षेती पुर्याउदा सम्पर्क बिच्छेद भएको छ । आइतवार बिहान गौर - चन्द्रपुर सडक खण्डको सखुअवामा सडक भत्काउदा बाटो अवरुद्ध बनेको हो ।

जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो !

2017-08-14 08:23:54

जताततै पानीपानी छ ,बाढी र डुवान छ । रौतहटका श्री राउतको गाउमा भएको झुपडी डुवानमा छ । यता उनी मरेकी छोरी बोकेर दाहसस्कार गर्ने ठाउ खोज्दै भौतारी रहेका छन ।

बाढिबाट रौतहटमा मर्नेको संख्या ९ पुग्यो, ५ जना अझै बेपत्ता

2017-08-13 17:22:59

अबिरल बर्षा र बाढिले रौतहटमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना बेपता भएका छन । मृत्यु हुनेमा एक गर्भबती महिला सहित नौ जना रहेका छन ।

वर्षाले राजमार्ग अवरुद्ध

2017-08-13 16:25:42

लगातारको वर्षाले गदा पूर्व पश्चिम राजमार्ग तथा  गौर–चन्द्रनिगाहपुर सडक खण्डमा यातायात पूर्ण रुपमा बन्द भएको छ । पूर्वपश्चिम राजमार्ग स्थित बारा तथा रौतहट जिल्लाको सिमानामा पर्ने धन्सार पुलको सडकखण्ड बाढीले कटान गरेको छ ।

उद्धारको प्रयास विफल

2017-08-13 15:59:45

रौतहटको देवाहीगोनाही गाउँपालिका जोहरटोलमा एक सय ५० जनाभन्दा बढी मानिस बाढीको बीचमा फसेका छन् । लालबकैया नदीमा आएको बाढीले देवाहीगोनाही गाउँपालिका-२ को करुनियाघाटमा करिब सय मिटर बाँध भत्किएपछि नदीको भंगालोले जोहरटोललाई सम्पर्कविच्छेद भएको छ ।

बाँध भत्काएर बाग्मती नदी बस्तीमा

2017-08-13 13:23:44

रौतहटको गढीमाई गाउँपालिकाअन्तर्गत लक्ष्मी घाटको बाँध भत्काएर बाग्मती नदी बस्तीमा प्रवेश गरेको छ । नदी बस्तीमा प्रवेशसँगै सुरक्षा निकायले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ ।

रैयाटोलमा ४ घर डुबानमा

2017-08-13 13:21:11

पवन, रौतहट | ३ दिन देखि परेको अविरल वर्षाका कारण राज्यका अन्य जिल्लामा जस्तै रौतहट पनि अस्त ब्यस्त बनेको छ । जिल्लाको पूर्व पौराही अन्तर्गत पर्ने २ वटा लच्का पुल अबरुद्द भएको छ, भने पश्चिम निजगढ सडक खण्डमा पर्ने लच्का पुल पनि अबरुद्द भएको छ । 

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे

2017-08-13 12:47:59

देवाहीगोनाही गाउँपालिका २ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

Add