स्थानिय समाचार

उद्धारको प्रयास विफल

2017-08-13 15:59:45

रौतहटको देवाहीगोनाही गाउँपालिका जोहरटोलमा एक सय ५० जनाभन्दा बढी मानिस बाढीको बीचमा फसेका छन् । लालबकैया नदीमा आएको बाढीले देवाहीगोनाही गाउँपालिका-२ को करुनियाघाटमा करिब सय मिटर बाँध भत्किएपछि नदीको भंगालोले जोहरटोललाई सम्पर्कविच्छेद भएको छ ।

बाँध भत्काएर बाग्मती नदी बस्तीमा

2017-08-13 13:23:44

रौतहटको गढीमाई गाउँपालिकाअन्तर्गत लक्ष्मी घाटको बाँध भत्काएर बाग्मती नदी बस्तीमा प्रवेश गरेको छ । नदी बस्तीमा प्रवेशसँगै सुरक्षा निकायले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ ।

रैयाटोलमा ४ घर डुबानमा

2017-08-13 13:21:11

पवन, रौतहट | ३ दिन देखि परेको अविरल वर्षाका कारण राज्यका अन्य जिल्लामा जस्तै रौतहट पनि अस्त ब्यस्त बनेको छ । जिल्लाको पूर्व पौराही अन्तर्गत पर्ने २ वटा लच्का पुल अबरुद्द भएको छ, भने पश्चिम निजगढ सडक खण्डमा पर्ने लच्का पुल पनि अबरुद्द भएको छ । 

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे

2017-08-13 12:47:59

देवाहीगोनाही गाउँपालिका २ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

2017-08-13 12:28:23

सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

नेकपा एमाले र माओवादी केन्द्र द्धारा राहत र उद्धारको माग

2017-08-13 12:24:15

बाढी र डुवानका कारण पिडित बनेको सर्वसाधरण लाइ उद्धार गर्न तथा राहत उपलव्ध गराउन नेकपा एमाले तथा माओवादी केन्द्र रौतहटले माग गरेको छ ।

चार बालिकाको मृत्यु भएको विरोधमा रौतहट बन्द

2017-08-06 14:05:38

रौतहटको गरुडा नगरपालिकामा सडक निर्माणका क्रममा माटो निकाल्दा बनेका खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएपछि स्थानीयले रौतहट बन्द गराएका छन् ।

रौतहटमा सर्पको विगविगी

2017-08-06 13:29:10

पवन, रौतहट  एसपालीको वर्षा संगै रौतहटमा सर्पको विगविगी बढेको छ । सर्पको डसाईले रौतहटमा एक किशोरीको मृतु समेत भएको छ ।

Add