स्थानिय समाचार

धारिलो हतियार प्रहारबाट एकको हत्या

2018-02-27 06:40:17

रौतहटको कटहरिया नगरपालिका–१ भसेढवाका एकजनाको सोमबार राति हत्या भएको छ । टाउको पछाडी भागमा गहिरो चोट र पिठ्युमा नीलडाम रहेको अवस्थामा ४० वर्षीय शिवमंगल महतोको शव गाउँ नजिकै फेला परेको हो।

गौर अस्पताल आफै बिरामी

2018-02-27 03:06:22

रौतहट १४ फागुन | रौतहटको गौरमा रहेको ५० शैयाको जिल्ला सरकारी अस्पताल आफै बिरामी अवस्थामा छ । अस्पतालले दिने सेवा नपाएको भन्दै बिरामीहरुले गुनासो गर्न थालेका छन ।

अदालत परिसरमै प्रहरीद्धारा महिला कुटीए

2018-02-27 03:04:06

रौतहट १४ फागुन | जिल्ला अदालतमा बहस सुन्नजान लागेका दुइजना महिलालाइ प्रहरीले कुटपिट गरेको छ । बालक हत्या गरेको बिषयमा अभियुक्तहरुको बयान सुन्न जान लागेका पिडित पक्षका महिलाहरुलाइ सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन ।

६ हजार महिलालाइ सेनिटरी प्याड

2018-02-27 03:03:44

रौतहट १४ फागुन | बिधालयजाने किशोरीहरुको पढाइ छुट्ने समस्या रोक्नका लागी र महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर राख्दै नगरपालिकाले निशुल्करुपमा सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम ल्याएको छ ।

रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा भेटियो

2018-02-17 07:10:35

पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ ।

२० वर्ष पछि फेला पर्‍यो दुर्लभ गिद्ध

2018-02-15 11:43:02

जिल्लाको चन्द्रपुर नगरपालिका १ पौराईस्थित सुनखानी जंगलमा घाइते अवस्थामा एक दुर्लभ पक्षी गिद्ध (जटायु) फेला परेको छ । झन्डै २० वर्षपछि आहारको कमीले कमजोर भई उड्न नसक्ने अवस्थामा जंगलमा बाख्रा चराउन गएका (गोठाली) बालबालिकाले फेला पारेका हुन् ।

रौतहटमा झडप , २१ राउण्ड अश्रु ग्याँस प्रहार

2018-02-15 08:49:38

गौर । रौतहटको बृन्दावन नगरपालिकामा स्थानीय र प्रहरी बीच झडप भएको छ । स्थानीयलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

रौतहटका अधिकांश प्रहरी चौकी जीर्ण, प्रहरी र कैदी जोखिममा बस्न बाध्य

2018-02-14 10:47:42

गुजरा नगरपालिकामा रहेको रंगपुर मनहर्वा प्रहरी चौकीको भवन जीर्ण बन्दा प्रहरी जोखिममा बस्न बाध्य छन्। सशस्त्र द्वन्द्वकालमा आगजनी भएको उक्त प्रहरी चौकीको भवन अहिलसम्म मर्मत हुन नसक्दा प्रहरीहरू जोखिम मोलेर बस्न बाध्य भएका हुन्।

Add