खेलकुद

अन्तिम मिनेटमा गोल खाँदै पाकिस्तानसँग हार्‍यो नेपाल

2018-09-05 11:36:18

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।

नेपाली टोली स्वदेश फिर्ता

2018-08-07 11:13:11

काठमाडौँ — नेपाली टोली नेदरल्यान्ड्ससँग दुई खेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर नेपाल फर्किएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको शृंखला बराबरीमा टुंगिएको थियो ।

नेदरल्यान्ड्ससँग विजयको आशामा नेपाल श्रावण १८, २०७५कान्तिपुर संवाददाता

2018-08-03 12:15:08

काठमाडौँ — नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्दै छ । बुधबार पहिलो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल आधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्रिय बनेको थियो ।

म्यानचेस्टरद्वारा रियाल पराजित

2018-08-02 11:34:54

सिकागो – म्यानचेस्टर युनाइटेडले बुधबार रियाल मड्रिडलाई २–१ ले पराजित गर्दै सिजनपूर्वको अभ्यास खेलमा पहिलो जित हात पार्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ। यसअघिका तीन अभ्यास खेलमा दुई बराबरी र एक हारको सामना गरेको युनाइटेडको जितमा स्ट्राइकर एलेक्सिस सान्चेज र एन्डर हरेराले समान एक गोल गरे । रियालका लागि करिम बेन्जेमाले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

कराते टोली जापान प्रस्थान

2018-08-02 11:29:11

काठमाडौं – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ। अगस्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धाको खेलमा नेपालबाट चारचार महिला र पुरुष खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा पुरुष एकल कातामा परशुराम बास्तोला रहेका छन् भने ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले प्रतिस्र्धा गर्नेछन्।

कीर्तिमानै कीर्तिमान

2018-08-02 11:25:19

काठमाडौंं – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएकाले बुधबार नेपालका लागि सबै कीर्तिमान बनेको थियो। भिआरए क्रिकेटमा मैदानमा उत्रिएका ११ खेलाडीले नेपालबाट पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इतिहास बनाउन सफल भएका छन्। त्यस्तै पारस खड्का नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको कप्तान बनेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बल फेस गर्ने ब्याट्सम्यान बने । उनले पहिलो बलमै तीन रन जोडेका थिए । यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो रन जोड्ने नेपाली खेलाडी बनेका छन्।

पहिलो एकदिवसीयमा पारस चम्किए, नेपालले पायो १९० रनको लक्ष्य

2018-08-01 17:43:01

आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ ।

विश्व-११ बाट खेल्न सन्दीप लण्डनमा

2018-05-30 09:46:19

लण्डन

— नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व-११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् ।


Add