प्रदेश न. दुई

जनकपुरका सडकमा मुख्यमन्त्रीले लगाए झाडू

2018-02-27 06:25:56

१५ फागुन, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर शहर सरसफाइमा सहभागी भएका छन् । मंगलबार विहान ‘जनकपुर महासफाइ अभियान’मा सहभागि भएका मुख्यमन्त्री राउतले सडकमा झाडू लगाए ।

वीरगञ्जको नगवामा आधुनिक थोक तरकारी बजार निर्माण गरिने

2018-02-27 05:58:40

१५ फागुन, वीरगञ्ज । वीरगञ्जको नगवास्थित खाली सार्वजनिक जग्गामा ‘आधुनिक कृषि थोक बजार’ निर्माण गरिने भएको छ । त्यसका लागि गुरु योजना तयार भइरहेको छ ।

‘शिक्षा र स्वास्थ्यको पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’

2018-02-15 11:48:36

काठमाडौँ — सप्तरी २ (ख) बाट राष्ट्रिय जनता पार्टीबाट विजयी भएका मनीष सुमन कक्षा ९ मा पढ्दै गर्दा गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीको छात्र मञ्चमा आबद्ध थिए । हाल उनी मधेस केन्द्रित दल मिलेर बनेको राजपाको महासचिव छन् ।

भारतीय नेटवर्किङको जालोमा फस्दै नेपाली चेली

2018-02-15 11:44:44

पर्सा — मंसिरको अन्तिम साता वीरगन्जस्थित नेपाल भारत सीमा नाकाबाट माइती नेपालका सीमारक्षकले मोरङ बेलबारी ९ की २६ वर्षीया पार्वती पौडेलसहितको ८ जनाको महिला टोलीलाई भारत जानबाट रोक्यो । टोलीमा सहभागी सेन्चुरी, बिक, खाती थरका अन्य महिला पनि पार्वतीको नेतृत्वमा भारतको बनारस जानबाट रोकिए ।

सपना पूरा हुने आशा

2018-02-15 11:43:56

धनुषा — प्रदेश २ को मुख्यमन्त्रीको नियुक्तिपत्र लालबाबु राउतले बुझेपछि मधेस आन्दोलनका सहिदको सपना पूरा गर्ने बताए । राउतले सहिदको सपना पूरा गर्ने बताइरहँदा धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका ४३ वर्षीय रामनरेश यादव ९ वर्षीया छोरा दिलिपले मधेस आन्दोलनमा सहिद भएको प्रति दुखेसको पोख्दै थिए ।

वीरगन्जका २ भन्सारले गरे साढे १२ अर्ब राजस्व संकलन

2018-02-15 11:42:12

पर्सा — वीरगन्जका २ भन्सार कार्यालयले माघ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी १२ अर्ब ४३ करोड २४ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका हुन् ।

सर्लाहीले माग्यो प्रादेशिक राजधानी

2018-02-15 11:40:28

सर्लाही — स्थानीय तहका प्रमुखहरूले प्रदेश २ को स्थायी राजधानी सर्लाहीमा राख्न माग गरेका छन् । प्रदेशका ८ जिल्लाको मध्यमा पर्ने, पर्याप्त खाली सरकारी जमिन भएको, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्ग नजिक पर्ने भएकाले सिराह प्रादेशिक राजधानीका लागि उपयुक्त हुने उनीहरूको निष्कर्ष छ ।

पूर्व जनमुक्ति सेनाको घरबाट हातहतियार र विस्फोटक पदार्थ बरामद

2017-11-23 06:48:07

मकवानपुर, मंसिर ७ – मकवानपुरको मनहरी गाउँपालिकामा रहेको एकजना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ भेटिएको छ ।

Add