यात्रुबाहक बसमा ठोक्किदा मोटरसाईकलमा सबार दुईको मृत्यु

रौतहट ३ मंसिर । रौतहटको गरुडा नगरपालिकाका यात्रुबाहक बस संग मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डको गरुडा नगरपालिका–४ मा चन्द्रनिगाहपुर बाट गौर जादै गरेको ग १ ख ६६२४ नम्बरको यात्रुबाहक बस र बिपरित दिशा बाट आउदै गरेको बीआर ३० एन ५१९५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सबार दुबै जनाको मृत्यु भएको छ । आफनै दिशा बाट गन्तब्य तर्फ जादै गरेको बसमा ईलाका प्रहरी कार्यालय गरुडा भन्दा तीन मिटर उतर रारजमार्गमा लेन नाघेर आएको मोटरसाईकल ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक देबाही गोनाही नगरपालिका–९ धरहरी निबासी ४० बर्षिय मुन्नि लाल मिश्र र माधब नारायण नगरपालिक–३ निबासी ३५ बर्षिय राम प्रकाश यादबको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठक्कर पछि घाईते भएका दुबै लाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र बसका चालक चन्द्रपुर नगरपालिका–१ निबासी राकेस प्रताप साह लाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । 

 

 

सम्बन्धित शीर्षकहरु