आज बिश्व शौचालय दिबस, बिबिध कार्यक्रम गरी मनाईदै

वेस्टवाटर अर्थात फालिनेपानी या सफा गरिनुपर्ने पानी भन्ने नाराका साथ आज १७ औ विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

हरेक बर्षको नोभेम्बर १९ तारीखमा मनाउदै आएको विश्व शौचालय दिवस केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरी मनाइदै छ । बिश्वलेनै शौचालयको महत्व लाई उजागार गर्ने हेतुले यो दिबस मनाईने गरिएको छ । चर्पी वास्तवमा मानव स्वास्थ्यको विषय हो, र यस्लाई जनस्वास्थ्य र जनप्रतिष्ठाको विषयको रुपमा उठान गरिनुपर्छ र अभियानको रुपमा लैजानुपर्छ भन्ने अभिप्रायले ज्याक सिमले सन् २००१ मा विश्व शौचालय संगठनको स्थापना गरेदेखिनै बिश्व शौचालय दिबसको रुपमा मनाउन थालिएको हो ।

अहिले यस संगठनका १५१ सदस्य संस्था रहेका छन् भने विश्वका ५३ देशमा यस संगठनको सञ्जाल विस्तार भएको छ । सन् २००१ देखि नै संगठनले १९ नोभेम्बरलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो । सन् २०३० सम्ममा दिर्घकालिन बिकास लक्ष्य लिएको बिश्वलेनै हरेक वासिन्दालाई सरसफाईको श्रोत र सुबिधाका साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य लिएको छ । शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि यस्को आवश्यक्ता हरेक मानिस लाइ रहेपनि अझै प्रयोग नगर्नेको संख्या पनि उतिकै  रहेको छ । सन २०१५ को विश्व स्वास्थ्य संगठनको सर्बेक्षण अनुसार संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग अझैपनि गर्ने गरेको तथ्याङ्क छैन, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प पाएको छैन । नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेपनि अझै प्रभाबकारी हुन सकेको छैन । नेपाललाई यही डिसेम्बर भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि ठूलो जनसंख्या शौचालयको पहुँच बाहिर छ । अहिलेसम्म ४२ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । 

 

 

सम्बन्धित शीर्षकहरु