निजगढ काठमाण्डौ फाष्ट्रयाक को सिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ द्रुतमार्गको आइतवार शिलान्यास गरेका छन । बाराको निजगढमा आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले सो मार्गको सिलान्यास गरेका हुन ।

७६ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेना लाइ दिएको छ । सो मार्ग लाइ  ४ वर्षभित्र निर्माण सक्ने सरकारको लक्ष्य रहेको छ । सो मार्ग निर्माणलाइ नेपाली सेनाले  १० क्षेत्रमा विभाजन गरेको छ ।

खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने द्रुतमार्ग  काठमाडौं बाट एक घन्टामा पुग्न सकिने छ ।

फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न स्थानमा ९९ वटा पुल निमार्ण हुने छ । ६ वटा आकासे पुल निमाणृ हुने छन । मकवानपुरमा करीव डेढ किलोमिटरको  सुरुङमार्ग समेत निमार्ण हुने छ ।

सिलान्यास कार्यक्रममा प्रधानमन्त्री दाहालले  काठमाडौं निगजढ द्रुतमार्गले  हिमाल र पहाड र मधेशको मनसँग जोड्ने बिश्वास राखेका छन ।  द्रुतमार्ग एक खर्ब १२ अर्बको को लागतमा निमार्ण हुन लागेको हो ।

२०६७ सालमा पनि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ललितपुरमा सो मार्गको सिलान्यास गरेका थिए । सिलान्यास पछि नेपाली सेनाले ट्रयाक खोलेको थियो । सात बर्ष पछि पुन सो मार्ग निमार्णका लागी प्रधानमन्त्री दाहालले निजगढमा सिलान्यास गरेका हुन ।

राष्टिय गौरवको आयोजना द्रुतमार्ग समयमा नै निमार्णका लागी नागरीकले अपेक्षा राखेका छन ।

 

 

सम्बन्धित शीर्षकहरु