टोटनह्याम बन्यो समूह विजेता, रियल मड्रिड पछि पर्‍यो

मंसिर ६ – इंग्लिस क्लब टोटनह्याम साबिक विजेता रियल मड्रिडलाई पछि पार्दै समूह विजेताको बनेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्ने क्रममा टोटनह्याम समूह विजेता बनेको हो ।

रियल मड्रिड भने समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै समूह ‘एच’ मा रहेका रियल मड्रिड र टोटनह्यामले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । 

इंग्लिस क्लब टोटनह्यामले समूहको अन्तिम खेलमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराउँदै समूह ‘एच’ को विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन र सन हेङ–मिनले गोल गरे ।

 बोरुसिया डर्टमुण्डका लागि पिएर एमरिकले एक गोल गरे । ३१ औं मिनेटमा एमरिकको गोलबाट बोरुसिया डर्टमुण्डले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर टोटनह्यामले दोस्रो हाफमा खेलमा फर्किएर नतिजा आफ्नो पक्षमा पार्‍यो । 

४९ औं मिनेटमा केनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । ७६ औं मिनेटमा सनले गोल गरेपछि टोटनह्यामले २–१ को जित निश्चित गर्‍यो । समूह विजेता बनेको टोटनह्यामको १३ अंक भयो भने समूह उपविजेता रियल मड्रिडको १० अंक रहेको छ । 

 

 

सम्बन्धित शीर्षकहरु