मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी  अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले युभेन्टससँग उसकै मैदानमा खेल्दैछ । राष्ट्रिय टिमबाट सँगै खेल्ने डिबाला र मेस्सी यो खेलमा भने एक अर्काका प्रतिस्पर्धीका रुपमा मैदान उत्रने छन् । समूह ‘डी’ मा रहेका दुवै टिम अन्तिम १६ मा प्रवेश गर्ने तयारीमा छन् ।

यसअघि भएको खेलमा बार्सिलोनाले युभेन्टसले ३–० ले हराएको थियो । युभेन्टस स्टार डिबालाले बार्सिलोना स्टार मेस्सी यो पुस्ताको डिएगो म्याराडोना रहेको भन्दै उनीसँगै राष्ट्रिय टिमबाट खेल्न पाउनु् आफ्ना लागि सम्मानको विषय रहेको बताए ।

मेस्सीकै प्रदर्शनका कारण अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको उनले बताए । डिबालले ब्राजिलका सुपरस्टार नेइमारसँगै खेल्ने चाहना रहेको पनि बताएका छन् । नेइमार मेस्सी र क्रिष्टियानो रोनाल्डो स्तरको खेलाडी रहेको डिबालाको भनाई छ ।

 

 

सम्बन्धित शीर्षकहरु