ओलीले आफूले भोट हालेपछि पनि चुनाव सर्छ भन्न सक्छन् : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर ६ – प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिसँगको भेटमा उहाँले विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै त्यसको खण्डन गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर उहाँले भन्नूभयो ‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो । उहाँले किन यस्तो हल्ला चलाइरहनुभएको हो ? मैले बुझेको छैन ।’

अब कुनै पनि हालतमा चुनाव नसर्ने स्पष्ट पार्नुभयो । ठट्याउलो पारामा उहाँले भन्नुभयो ‘ओलीजीले मतदान गरिसकेपछी पनि चुनाव सारिदैछ भन्न बेर छैन ।’  विस्फोटक गतिविधि गरिरहेको समूहलाई त्यस्ता गतिविधि बन्द गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

पत्रकार महासंघले श्रमजिवी पत्रकारका हितमा काम गर्न तथा पक्राउ परेका पत्रकारलाई बिना शर्त रिहा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु