काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ

काठमाडौं, मंसिर ६ – काठमाडौं उपत्यकाबाट प्रहरीले ९५ जनालाई पक्राउ गरेको छ । गएको २४ घण्टामा ९५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

शंकास्पद गतिविधिमा देखिएको, जाँड रक्सी खाएर होहल्ला गरेको र फरार सूचिमा रहेकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार काठमाडौंमा ७५ पुरुष र ३ महिला गरी ७८ जना, ललितपुरमाट ७ पुरुष र ३ महिला गरी १० जना र भक्तपुरमा ७ जना पक्राउ परेका छन् ।

आउँदो आइतबार हुने चुनावका लागि प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा पारेको जनाएको  छ ।

 

 

सम्बन्धित शीर्षकहरु