५० हजारको लोभ गर्दा जिशिअ अख्तियारको हिरासतमा

जिल्ला शिक्षा कार्यालय, पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवल किशोर देव लाइ घुस रकम सहित शुक्रवार पक्राउ गरेको छ ।

श्री नेपाल राष्ट्रिय प्रावि मानिकपुर, पर्साको विद्यालय भवनको निर्माण सम्पन्न भईसकेपछि उक्त भवनको कार्यसम्पन्न भएको फरफारक गर्दा सेवाग्राहीसंग  घुस रकम मागेका थिए ।

जिल्ला शिक्षा अधिकारी केदार तिवारीलाई ५० हजार र ईन्जिनियर नवल किशोर देव लाइ २० हजार घुस लिदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट  गएको टोलीले शिक्षा कार्यालय बाट बिहिवार पक्राउ गरेको हो ।

 

 

सम्बन्धित शीर्षकहरु