पाख्रिनलाई ओली र प्रचण्डसहितका नेताको श्रद्धाञ्जली, आज अन्त्येष्टि गरिँदै

चितवन, मंसिर ६ – वाम गठबन्धनको जनसभामा गित गाउँदा गाउँदै हृदयघातका कारण निधन भएका जनगायक खुसिराम पाख्रिनको अन्तिम संस्कार नारायणी नदी किनार नजिकै रहेको ज्ञानेश्वर सामुदायिक वनमा हुँदै छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एवंम पूर्व सांसद पाख्रिनलाई अन्तिम श्रद्धान्जलिका लागि माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा राखिएको थियो ।

श्रद्धाञ्जली व्यक्त गर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललगायतका नेताहरु पुगेका थिए । पाख्रिनलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संख्यामा नेता कार्यकर्ता शुभचिन्तकहरु उपस्थित भएका थिए ।

तामाङ संस्कार अनुसार उहाँको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएका छन् । पाख्रिनलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संङख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । जनशभामा गित गाएपछि हृदयघात भएका भएपछि उहाँलाई उपचारको लागि नारायणी सामुदायिक अस्पताल भरतपुर लगिएको थियो । 

विक्रम संवत २००९ साल कात्तिक ९ गते जन्मनुभएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी हुनुहुन्छ । २ छोरा मध्ये १ छोराको जनयुद्धकै क्रममा २०६१ सालमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गर्नुभएका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गर्दै पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु