शिक्षक संघका नेतामाथि दुर्व्यवहार

धादिङ, मंसिर ६ – नेपाल शिक्षक संघका तीन जना नेताहरुलाई वाम गठबन्धनका कार्यकर्ताले दुव्र्यवहारको आरोप लागेको छ । गाउँमा पैसा बाडेको आरोपमा नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा शिक्षक संघका धादिङ जिल्ला अध्यक्ष विष्णुप्रसाद अधिकारीमाथि दुर्व्यवहार भएको हो । 

नेत्रावती गाउँपालिका गएर धुवाकोट हुँदै सदरमुकाम फर्कनेक्रममा नेपाल शिक्षक संघका अध्यक्ष नीलकण्ठ नगरपालिका–७ का ५० वर्षीय विष्णुप्रसाद अधिकारी, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष नीलकण्ठ नगरपालिका–३ निवासी ५० वर्षीय दीपक सिंखडा र नेपाल शिक्षक संघका नेता नीलकण्ठ नगरपालिका–३ का ५० वर्षीय ध्रुब रिजाललाई वाम कार्यकर्ताहले गालीबेइज्जती गर्दै दुर्व्यवहार गरेको अधिकारीको भनाइ छ ।  

विष्णुप्रसाद अधिकारी आफू ससुराली घर धुवाकोट भएकोले ससुराली घर गएको र त्यही बेला पैसा बाँड्न आएको आरोपमा दुव्र्यवहार भएको उहाँले बताउनुभयो । तर वाम गठबन्धनका कार्यकर्ताहरुले आफूरुले दुर्व्यवहार नगरेको बताएका छन् ।  

 

 

सम्बन्धित शीर्षकहरु