​काभ्रेमा विप्लवका ६ जना कार्यकर्ता पक्राउ

सर्लाही, मंसिर ६ – सर्लाहीमा म्यादी प्रहरीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण गरिएको छ । 

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत ग्रामिण नारी उत्थान संघ हरिपुरले १ सय १८ जना म्यादी प्रहरीलाई अभिमुखिकरण गरेको हो । उनीहरुलाई सामीका जिल्ला परियोजना संयोजक शिवचरण प्रसाद, परियोजनाका कार्यक्रम संयोजक दिवाकर झा र सामाजिक परिचालक अर्जुन विकले सूचना केन्द्रले दिने सेवा, विदेश जानु अघि ख्याल गर्नुपर्ने कुरा, निशुल्क रुपमा सिक्न पाइने सीप तालिम, समस्या पर्दा ख्याल गर्नुपर्ने कुरा लगायत बारे जानकारी गराउनुभएको थियो ।

म्यादी प्रहरीमा भर्ना भएकाहरु मध्ये २९ जनाले विदेश जान पासपोर्ट बनाएको र अरु पनि जान सक्ने भएकाले अभिमुखिकरण गरिएको हो । इलाका प्रहरी कार्यालय हरिवनमा गरिएको अभिमुखिकरणमा प्रहरी निरिक्षक रामकाजी थापाले म्यादी प्रहरी पनि विदेश जाने सम्भावित कामदार भएकाले अभिमुखिकरण महत्वपूर्ण भएको बताउनुभयो । 

यसअघि रामेछापमा पनि सामीले म्यादी प्रहरीलाई सुरक्षित वैदेशिक रोजगारीका बारेमा अभिमुखिकरण गरेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु