वाम गठबन्धनको प्रचारमा कलाकार लिएर हिँडेको जिप दुर्घटना, तीनजना घाइते

नवलपरासी, मंसिर ६ – नवलपरासीको बौदीकाली गाउँपालिका ६ नगरडाँडामा वाम गठबन्धनको प्रचार प्रसारमा प्रयोग गरीएको जिप दुर्घटनामा परेको छ ।   

साउण्ड सिस्टम र कलाकार लिएर कार्यक्रमस्थल नगरडाँडातर्फ जाँदै गर्दा उकालोमा जिपको पिकअप भाचिएर बे्रकफेल हुँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर तीनजना कलाकार घाइते भएको स्थानीय  बासिन्दा श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

कलाकार बोकेको जिप पल्टिएर जनमुक्ति पार्टीको प्रचार प्रसारमा प्रयोग गरीएको रोकिराखेको अर्को गाडीमाथि खसेको थियो । जनमुक्ति पार्टीको प्रचारमा प्रयोग गरीएको गाडीमा भने मानिस नरहेकाले अन्य कुनै मानवीय क्षति नभएको स्थानीय बासिन्दा श्रेष्ठले जानकारी दिनुभयो । जनमुक्ति पार्टीको प्रचारका लागि प्रयोग गरीएको गाडीले पल्टिएको जिपलाई ओटको काम गरेकाले थप क्षतिहुनबाट जोगिएको समेत उहाँले बताउनुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु