खानेपानी र विजुलीको समस्या समाधान गरिने छ : पोखरेल

मंसिर ६ | नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कृष्णभक्त पोखरेलले पहाडी क्षेत्रमा खानेपानी र विजुली सेवा नपुगेको स्थानमा पु¥याउनका लागि आफ्नो भूमिका हुने बताएका छन ।

 चुनावी प्रचारका क्रममा वुधवार विहान दारेचोकमा आयोजित चुनावी सभाको कार्यक्रममा सम्वोधन गर्दै उनले खानेपानीको समस्या रहेको चण्डिभञ्ज्याङ , सिद्धी, काउले लगायतका क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने बताएका हुन ।

 पहिलो कार्यकालमा पूरा गर्न नसकिएका योजनाहरु अव पहिलो प्राथमिकतको आधारमा पूरा गर्नको लागि आफ्नो पहल हुने छ । खानेपानी लिनको लागि घण्टौ हिड्नु पर्ने वाध्यता पहाडी क्षेत्रमा रहेकाले शुद्ध पिउने पानी उपलब्ध गराउनको लागि परियोजना ल्याउने जानकारी दिए ।

 त्यस्तै गरी विजुली वत्ती नपुगेको स्थानमा आउदो पाँच वर्षमा सवै स्थानमा विजुली सेवा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन ।

 नेता पोखरेलले सडक नपुगेको स्थानमा सडक सञ्जालले जोड्ने र स्थानीयलाई सदरमुकाम भरतपुर आउनको लागि सहज अवस्था सिर्जना गर्नको लागि आफूले काम गर्ने बताएका छन ।

 

 

सम्बन्धित शीर्षकहरु