शान्तिका लागी सम्वाद कार्यक्रम

मंसिर ६ | रौतहटको चन्द्रपुरमा द्धन्द्ध समाधन तथा रुपान्तरणका उपायको खोजीको बिषयमा छलफल गरीएको छ । सम्वाद समुह रौतहटको आयोजानमा भएको सो कार्यक्रममा रौतहटका सरोकारवाला निकायका प्रतिनिधीहरुले धारणा राखेका छन ।

दिगो र न्यायपुर्ण बिकासका लागी शान्ति आवस्यक रहेको र त्यसका लागी सम्वाद आवस्यक रहेको बताउदै रोतहटका संयोजक अनन्त कोइरालाले यो कार्यक्रम जिल्लामा संचालन गर्नु परेको जानकारी दिएका छन ।

कार्यक्रममा चन्द्रपुर नगरका मेयर रामचन्द्र चौधरी, जिल्ला बन प्रमुख दिर्घनारायण कोइराला , लगाएत संचारकर्मी, व्यापारी, समाजीक अभियान्ताहरुले मन्तव्य राखेका थिए ।

सम्वाद समुहको मुल उदेश्य राजनैतिक, आर्थिक, सामाजीक, जातीय, क्षेत्रिय,सास्कृतिक आदी बिषयहरुमा छलफल गरी शान्ति स्थापना गर्नु हरेको बताइएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु