ओली र नेपालले भने बम बिस्फोटनका घाइतेको उपचारमा कमी नहोस

मंसिर ६ | नेकपा एमालेका अध्यक्ष तथा बरिष्ठ नेताले रौतहटको चन्द्रपुरमा भएको बम बिस्फोटनमा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका छन ।

मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि  घाइतेभएकाहरु को उपचार अवस्था बुझेका थिए ।

भरतपुर स्थित चितवन मेडीकल कलेजमा उपचारर गराइरहेका चार जना घाइतेहरुको एमाले अध्यक्ष केपि ओली र बरिष्ठ नेता माधव कुमार नेपालले घाइतेहरुको अवस्था बुझ्दै उपचारमा कुनै किसीमको कम हुन नदिन चिकित्सकहरु संग आग्रह गरेका छन ।

गएको शनिवार चन्द्रपुर ५ का बिस्फोटनमा परेर ३१ बर्षिय सरीता राई र ७ बर्षिय जैविक राई ,  ४५ बर्षिय लक्ष्मि राई र एक पुरुषका भरतपुरमा उपचार भैरहेको छ ।

बाम गठबन्धनको वडा नम्वर ५ को भेला स्थालमा बम बिस्फोटन हुदा १० जना भन्दा बढी घाइते भएका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु