अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको म्यानचेस्टर युनाइटेड एफसी बासेलसँग १–० ले पराजित भएको हो । यो हारपछि म्यानचेस्टर युनाइटेडले अन्तिम १६ मा स्थान बनाउन पर्खनु पर्ने भएको छ ।

खेल अवधिभर बलमा नियन्त्रण राखेर पनि जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले गोल भने गर्न सकेन । अन्तिम समयसम्म गोल रहित बराबरी भएको खेलमा ८९ औं मिनेट युनाइटेडका लागि घातक बन्यो । 

ल्याङले ८९ औं मिनेटमा गरेको गोल नै घरेलु टोली बासेलका लागि निर्णायक बन्यो । यहि समूह अन्तर्गत राति नै भएको खेलमा सिएसकेए मस्कोले बेन्फिकालाई २–० ले हरायो । 

हारपछि समूहको शीर्ष स्थानमा रहेको युनाइटेडको १२ अंक छ भने जित निकालेको मस्कोको ९ अंक रहेको छ । 

 

 

सम्बन्धित शीर्षकहरु