रौतहटमा छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

रौतहट ८ मंसिर । रौतहटको राजमार्गमा दैनिकजसो दुर्घटना हुन थालेको छ । बिग्रदो सडक, ट्राफिक नियमको पालना नहुनु, जथाभाबी सबारी साधन रोक्नुनै सबारी दुर्घटनाको कारण बनेको छ ।

पुर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुर भन्दा २ किलोमिटर पश्चिमको जङ्गलमा शुक्रबार सबारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु भएकाको पहिचान हुन सकेको छैन । पुर्ब बाट पश्चिम जादै गरेको बा १० च १९१२ नम्बरको जीप राजमार्गकै पुलमा रोकेपछि पछि बाट आउदै गरेको ना ३३ प नम्बरको मोटरसाईलकले ठक्कर दिएर राजमार्गमा लडेको चालक लाई बिपरित  दिशा बाट आउदै गरेको  युपी ५३ के १३५१ नम्बरको भारतीय बसले ठक्कर दिएपछि मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस र कार लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

बिहीबार राती मात्रै गौर चन्द्रनिगाहपुर सडक खण्डमा सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रनिगाहपुुर सडकखण्डको गरुडा नगरपालिका स्थित मेथुुर चौकमा ना ३ च ४४३४ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्रुु ५० बर्षिय श्याम सुुन्दर साह र आफैले चलाएको बि आर ०५ एफ ०५८६ नम्बरको मोटरसाईकल जयनगर र सखुुअवा चौकको बिचमा अनियन्त्रित भई दुुर्घटना हुुँदा चालक परोहा नगरपालिका निबासी– २ का २५ बर्षिय शेख सेराजको घटनास्थलमै मृृत्युु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिनुु भएको छ । पैदल यात्रुुलाई ठक्कर दिने पिकअप भ्यान र चालक लाई नियन्त्रणमा लिइएका ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु