रौतहटका महिलाहरु चुनाबी प्रचारमा

रौतहट ८ मंसिर। आसन्न निर्बाचनमा आफना पक्षको उम्मेदबार बिजयी गराउन रौतहटका महिलाहरु चुनाबी  प्रचारमा खुलेर लागेका छन । प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि रौतहटको तीन नम्बर क्षेत्रका महिलाहरु खुलेर चुनाबी प्रचार र घरदैलोमा ब्यस्त भएका छन ।

बिगतको निर्बाचनमा महिलाहरु खासै खुल्न नसकेपनि यसपटकको निर्बाचनमा भने उनीहरु खुलेर अघि आएका हुन । चुनाबी प्रचारमा धनी, गरिब, कथित दलित र गैरदलित सबै महिलाहरुको चुनाबी प्रचारमा सहभागिता रहेको छ । महिलाहरु मात्रैको एउटा छुटै टोलि चुनाबी प्रचारमा रहेका छन । उनीहरुले गर्दा ग्रामिणभेगमा चुनाबी माहौलको रौनकनै बढेको छ । अधिकारमा पछि परेका रौतहटका महिलाहरु खुलेर आउदा चेतनाको स्तरमा बृध्दि भएको संचारकर्मी संजय मिश्र बताउनु हुन्छ । राज्यले महिला सहभागितामा जोड दिएसंगै रौतहटको १८ स्थानीय तह मध्य मौलापुर नगरपालिकाको प्रमुखमा रीना कुमारी साह र अन्य तहको उपप्रमुखको जिम्मेबारी महिलाले पाईसकेका छन । स्थानीय तहको निर्बाचनमा गुुजरा नगरपालिकाको एमाले बाट प्रमुख पदका प्रत्यासी रामेश्वरी बण्ठाले महिलाको समुह लिएर घरदैलो गर्दै आउनु भएको छ । यस्तै देवाही गोनाही नगरपालिकाकी उप प्रमुख सुुनैना देवी पटेल झण्डै ३ सय महिलाको समुह बनाएर गत २७ गतेदेखी घरदैलोमा लाग्दै आउनु भएको छ ।

उनीहरु सबै बामगठबन्धनका तर्फ बाट माओबादी केन्द्रका उम्मेदबार एबम बिनाबिभागिय मंन्त्रि प्रभु साहको चुनाबी प्रचारमा लागेका हुन । महिला अधिकारको रक्षा, मधेशीको अधिकार, यस क्षेत्रको  बिकासका लागि योग्य उम्मेदबार प्रभु साहको पक्षमा मत माग्दै हिडेको उहाले बताउनु भयो ।

 

 

सम्बन्धित शीर्षकहरु