रौतहटमा प्रहरी नायब उपरीक्षकले लुटे पत्रकार संजय कार्किको नगद र सुनको रिङ

रौतहटको श्री जुद्द उच्च माध्यमिक बिधयालय मतगणना केन्द्रबाट पत्रकार संजय कार्कि शीत भएको नगद र सुनको रिङ्ग प्रहरीले लुटेको खबर छ।

शुक्रबार रातीको करीब १०बजे रौतहटबाट इमेज टेलीभिजनका समवादता र प्रेश युनियन नेपालका केन्द्रिय सदस्य कार्कीसङ भएको चौध हजार नगर र चार आनाको सुनको रिङ जनपद प्रहरीका नायब उपरीक्षक उदय जङ रानाले खोसेर लगेको पीडित कार्किले पत्रकार सम्मेलनमा प्रष्ट पार्नु भएको छ।मतगणना गराउन रौतहटमा अन्य जिल्ला बाट आएको नायब  उपरीक्षक जङ्ले मदिरा सेवन गरि समाचार सङ्कलमा रहेको पत्रकार कार्कीलाई प्रवेश पास चेक गर्ने क्रममा दुव्र्यवहार गर्नुका साथै निज सङ भएको उक्त परिमाणको राशी खोसेर लगेको खुलेको छ। लूटको र दुव्र्यवहारको सिकार भएको कार्की साथै रौतहटको दर्जनौं सञ्चारकर्मिले घटनाको घोर भ्रत्सना गर्नुको साथै छानबिन र क्षेतिपुर्तिको जोरदार माग गरेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु