रोमाञ्च खेल जित्दै भाणटावारी बी फाइनलमा

५ फागुन, भाणटावारी । भाणटावारी बी सुनसरीको भाणटावारीमा जारी तेस्रो दुई देसिय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार निकै रोमाञ्च पहिलो सेमिफाइनल खेलमा भारतको बसतियालाई ३ रनले हराउँदै भाणटावारी बी फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गर्दै भाणटावारी बी ले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ९ रन बनाएको थियो ।

जवाफी १ सय १० रनको चुनौती पछ्याउँदै बसतिया १९ औं ओभरमा मात्र १ सय ६ रनम अलआउट भयो । निकै रोमाञ्चक खेलमा भाणटावारी बी का मिकाइल आलम उत्कृष्ट बोलिङ गर्दै टिम लाई फाइनलमा पुर्याएका थिए । हिजोको खेलको म्यान अफ द म्याच भाणटावारी बी फारुक आलम घोषित भए । उसलाई भाणटावारीका समाजसेवी तथा नेपाली काङ्ग्रेसका स्थानीय नेता मन्जुर आलमले पुरस्कार वितरण गरेका थिए । आज आइतबार हुने दोस्रो सेमिफाइनल खेल विजेता संग भाणटावारी बी ले सोमबार उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । आपसी भाइचाराका लागि आयोजित क्रिकेट प्रतियोगितामा नेपाल र भारतका विभिन्न ८ वटा टिम सहभागिता रहेको आयोजक सेव द सुनसरीका अध्यक्ष तजमुल मन्सुरी बताएका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु