धारिलो हतियार प्रहारबाट एकको हत्या

रौतहटको कटहरिया नगरपालिका–१ भसेढवाका एकजनाको सोमबार राति हत्या भएको छ । टाउको पछाडी भागमा गहिरो चोट र पिठ्युमा नीलडाम रहेको अवस्थामा ४० वर्षीय शिवमंगल महतोको शव गाउँ नजिकै फेला परेको हो।

हत्या गरेको आरोप प्रहरीले उनकै छिमेकी वीरेन्द्र महतोलाई पक्राउ गरेको जनाएको छ। घटनाको अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यस्तै रौतहटको चन्द्रपुर–३ भोलनटारमा सोमबार राति धारिलो हतियार प्रहार हुँदा चारजना घाइते भएका छन्। वीरबहादुर स्याङ्गतान, सार्कीमान थिङ्ग, पूर्णबहादुर ठोकर र बुद्ध ठोकर घाइते भएका छन्।

घाइतेमध्येका वीरबहादुर स्याङ्गतानलाई चन्द्रनिगाहपुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ।

 

 

सम्बन्धित शीर्षकहरु