होली पर्वका लागि सर्वसाधारण किनमेलमा व्यस्त

रौतहट, चन्द्रपुर, फाल्गुण १५ - दिपु मिश्र | हिन्दु धर्मालम्बिहरुको महानचाड होली पर्व नजिकिए संगै जिल्लाका बिभिन्न बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।हिन्दु धर्मालम्बिहरुको महानचाड होली पर्व नजिकिए संगै जिल्लाका बिभिन्न बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । ग्रामीण तथा सहरी क्षेत्रका स्थानीयहरु यति वेला बेलुन, अबिर, पिच्कारी तथा होली पर्व संकेत गरिएको पोशाक लगायतका सामग्री खरिद गर्न लागीपरेका छन् । वसन्त ऋतु आगमनको उल्लाससंगै फागुन महिनामा मनाइने होली पर्वका लागि सर्वसाधारण किनमेलमा व्यस्त छन् ।

यस वर्ष तराई मधेशका जिल्लामा फागुन १८ गते शुक्रवार होली पर्व परेकोले हर्षोउल्लासका साथ पर्व मनाउने तयारी अनुसार होली सामाग्री किनमेल अन्तिम चरण पुगेको सर्वसाधारणको भनाई छ । सांझको वेला गाउ“घरमा पनि रमाइलो गरी होली पर्व मनाउन बूढापाका तथा तन्नेरीहरू समूह बनाएर उल्लास र उमंग सञ्चार गर्न र होली आएको संकेत गर्न एक साता अघिदेखि नै ढोल, मुजुरा, हार्मुनियम तथा डम्फु–झ्याली बजाउदै जोगिरा गाउन सुरु गरेका छन् ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आंफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रगिंन बनाउँछन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रंिगएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउदै, बजाउदै, रमाइलो र होहल्ला गर्दै आपसी झगडालाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा लिइन्छ ।

 

 

सम्बन्धित शीर्षकहरु