सरकारी सवारी साधानको व्यापक रुपमा दुरुपयोग

रौतहट, चन्द्रपुर - फाल्गुण १५ - दिपु मिश्र | रौतहट जिल्लाका बिभिन्न स्थानीय तहमा कार्यरत रहेका कर्मचारी र जन प्रतिनिधिले सरकारी सवारी साधानको व्यापक रुपमा दुरुपयोग गर्ने गरेका छन् । नियमकारी निकाय निष्क्रिय रहेका कारण जिल्लाका सबैसजो सरकारी कार्यालयमा सवारी दरुपयोग हुने गरेको छ । स्थानीय तहमा कार्यरत रहेका कर्मचारीले चलाउने मोटर साईकलहरु रातीको समय स्थानीय भट्टी पसलमा देखिन थालेको छ । स्थानीय भट्टी पसलमा रातीको समयमा सेतो नम्बर प्लेटका सवारीको भिडनै लाग्ने गरेको पाईन्छ ।

स्थानीय बासिन्दाले यस्ता सवारीको चरम दुरुपयोग भएका कारण नियन्त्रणको माग गरेका छन् । जिल्ला सदरमुकाम गौर, चन्द्रनिगाहपुर, गरुडा लगाएतका मदिरा पसलमा रातीको समय सरकारी सवारी साधान लिएर जाने र मदिरा सेवन गर्ने कर्मचारी माथि कार्वाहीको माग हुन थालेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु