कागजमा मात्रै सिमित खुला दिशा मुक्त अभियान

रौतहट, चन्द्रपुर | फाल्गुण १६ | दिपु मिश्र

- रौतहट जिल्लामा खुला दिशा मुक्त अभियान कागजमा मात्रै सिमित भएको पाइएको छ । अभियानको क्रममा शौचालय नहुने अधिकांस क्षेत्रलाई पनि खुला दिशा मुक्त घोषण गरेर कागजमा मात्र सिमित गरेको पाइएको छ ।

जिल्लाको विभिन्न क्षेत्रलाई खुला दिशा मुक्त अभियान कार्यक्रम हत्तार हत्तारमा सक्ने होडवाजी र कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने गैरसरकारी संस्थाहरुको चाल रहेको बताइएको छ । ठोस पूर्वाधार नै निर्माण नगरी शौचालय निर्माण लगायतका काम गरेको कारण खुला दिशा मुक्त क्षेत्र प्रभावकारी नभएको पाइएको छ । केहि क्षेत्र तिर शौचालय प्रयोग बिहीन बन्ने क्रम पनि बढ्दै जान थालेको छ, प्राय जसो ग्रामीण क्षेत्र तिर खुल्ला  दिशा मुक्त अभियान प्रभावकारी बन्न नसकेको सरोकारवालाहरु बताउँछन् । नेपाल  सरकारले २०१७ सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार रौतहटमा समेत यो अभियान संचालनमा ल्याएका थिए । सरकारी योजनालाई सार्थक पार्नुपर्नेमा त्यसको विपरित काम भएको पाईएको छ ।

सुनसरीमा सरोकारवालाहरुले सन् २०१५ सम्ममा सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा दुई वर्षबढी हुन लाग्दा समेत पनि रौतहट जिल्ला हालसम्म पनि पुर्ण रुपमा खुल्ला दिशा मुक्त हुन नसकेको बृन्दावन नगरपालिका वडा १ का बासिन्दाहरुको भनाइ रहेको छ । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको  एस्टेन नेपाल  नामक संस्था र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गौर लगायत बिभिन्न सरकारी निकायको सहकार्यमा संचालित खुला दिशामुक्त अभियान प्रभावकारी बनाउने तथा सरकार बाट आएको बजेट ब्रम्हलुट नगरी जनताको लागि उपयोग गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।।

 

 

सम्बन्धित शीर्षकहरु