चन्द्रनिगाहपुरमा झडप हुदा दुइ जना घाइते

रौतहट २३ फाल्गुण - दिपु मिश्र - रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुरमा झडप हुदा दुइ जना घाइते भएका छ्न । चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुर  गौर सडक खण्डमा झडप हुदा दुइ जना घाइते भएको हो । चन्द्रपुर नगर उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष बसुदेब अधिकारी तथा नेविसंघका युवा नेता श्याम हरि चौलागाईं माथी बुधबार हातपात गरिएको थियो ।  आफ्नो पसल खोल्ने क्रममा पसल अगाडि रोकि राखेको म्याजिक लाई मेरो समान आउदै छ यहाँ पार्किङ नगर्नुस भन्दा निर्घात कुटपिट गरिएको अधिकारिको भनाइ रहेको छ ।

यसै बिषयमा पुर्व गृहमन्त्री बिमलेन्द्र निधि र धाईते अधिकारि लाई कुटपिट गर्ने  दोसिलाई कडा भन्दा कडा कार्वाही हुन्छ भन्नू भन्दै उद्योग वाणिज्य सघ ले  बिग्यप्ति जारी गरेका थिए । शो  घटनाको बिरोध गर्दै बुधवर चन्द्रपुर नगरको  ब्यपार ब्यवसाय बन्दगर्ने चन्द्रपुर उद्योग बाणिज्य संघले जानकारि दिएका छ  । यता बुधबार  चन्द्रनिगाहपुरमा पार्किङ्गको बिषयमा भएको घट्नामा प्रहरीले एकतर्फीरुपमा आफ्नो सदस्य लाइ पक्राउ गरी मुद्धा चलाएको भन्दै मझौला तथा टेम्पो ब्यवशाय संघले बिज्ञप्ती समेत निकालिएको थियो । संघका जिल्ला अध्यक्ष तारा प्रसाद बजगाईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्थानीय व्यापारी बासुदेव अधिकारी र ना १ ग ७२८१ को म्याजीकको चालक बिचमा भएको झगडामा व्यापारी अधिकारी सामान्य घाईते भएको निहुमा म्याजिक चालक अजित चौधरीलाइ  व्यवसायी संघसंग छलफलनै नगरी सार्वजनिक मुद्दा चलाइको भन्दै आपत्ती जनाइएका थिए  । उनले बुधबार करिब ३ः३० देखि  ५ बजे सम्म  बिरेन्द्र राजमार्ग सन्तपुर चोक बन्द गरेका थिए । पछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी शान्तीराज कोइराला , शस्त्र बेश क्याम्प सन्तपुरका प्रमुख सुशील पराजुली , ट्राफिक प्रमुख राममणि उप्रेतीका टोलिले शो बिषय लाई  दुबै पक्ष लाई बार्तामा लाने कुरा मा सहमती गर्दै बन्द खुलाएका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु