उधोग वाणिज्य संघ चन्द्रपुरका महासचिव साह पक्राउ

रौतहट, ४ चैत्र - रौतहटको चन्द्रपुर नगर उधोग बाणिज्य संघका महासचिव लाइ प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्रको बजारक्षेत्रको सडक अतिक्रमित हटाउन गएको टोली लाइ अवरोध गर्न खोजेको भन्दै महासचिव साहलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साह ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन । 

सडक नाप्न गएको सडक कार्यालयका कर्मचारीहरु लाइ अपशव्द प्रयोग गरेको र अतिक्रमण हटाउने क्रममा बिरोध गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका साहले भने सडकले पटक पटक नाप्ने तथा कार्यान्वयनमा नल्याउने भएकाले आफुले आवाज उठाएको बताएका छन ।

एकसाता अघि देखी थालिएको अभियानमा अबरोध गर्न खोजेको आरोपमा संघका महासचिब साह पक्राउ परेका हुन । 

चार दिन देखि डिभिजन सडक कार्याल्ऽय चन्द्रनिगाहपुर, चन्द्रपुर नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, ससस्त्र प्रहरी बेश क्याम्प सन्तपुरले  अतिक्रमण हटाउन लागेको छन ।

 

 

सम्बन्धित शीर्षकहरु