बिधुत चोरी गरेको आरोपमा ११ जना पक्राउ

रौतहट ५ चैत्र । बिधुत चोरी गरेको आरोपमा रौतहट बाट सोमबार बिहान ११ जना पक्राउ परेका छन । रौतहटको बृन्दाबन नगरपालिका र गरुडा नगरपालिकामा पर्ने धमौरा, कमलपट्टी, गढीटोल, गम्हरिया, बीर्ता बाट बिधुत चोरीको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले नेपाल प्रहरी र ससस्त्र प्रहरीको सहयोगमा बिधुत चोरी गरेको आरोपमा सदाम हुसैन, बिजय कुमार बैठा, राजेन्द्र साह, असफात, रुपलाल सहनी, कृष्ण सहनी, हबीब मुसलमान, रामाकान्त थपाल, ईन्सुदिन शेष, लक्ष्मि रुपाल, सुखाडी साह लाई पक्राउ गरेको छ । उनीहरु लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको छ । यसैबीच नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्र बाहेक अन्य क्षेत्रमा लोडसेडिङ अन्त्य भएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  औद्योगिक क्षेत्रमा हाल दैनिक ३ घण्टा लोडसेडिङ भएपनि अन्य क्षेत्रमा भने लोडसेडिङ अन्त्य भएको जानकारी दिनुभएको हो । प्राविधिक कारणले  कहिलेकाही विद्युत आपूर्ती प्रभावित भएको बाहेक अन्य समस्या नरहेको घिसिङको भनाई छ । हिउँद याममा विद्युत माग उच्च भएपनि व्यवस्थापन चुस्त बनाएकाले लोडसेडिङ नहुने उहाँको भनाई छ । करिब ३ हजार मेगावाट विद्युत आयोजनाहरु निर्माणकै क्रममा छन्  

 

 

सम्बन्धित शीर्षकहरु