५१ किलो मालाको साटो ५१ प्रतिशत भोट पाए अभारी हुन्थे उपेन्द्र

रौतहट, १३ जेठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले रौतहटको गरुडामा ५१ किलो माला ग्रहण गर्दै आफुलाई ५१ किलोको मालाको साटो ५१ प्रतिशत भोट दिलाई दिए ठूलो आभारी हुने विचार व्यक्त गरेको छन् ।

नेपाली राजनैतिक इतिहास तथा नेपाली बदलाव मा सदैंव अग्रसर रहेको रौतहटबासीहरुको हाथबाट ५१ किलो माला आफुलाई समान्नका लागि लगाईएको प्रति स्थानियबासी, नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिईदैं अध्यक्ष यादवले त्यही हातबाट हुन लागेको स्थानिय निर्वाचनमा ५१ प्रतिशत बैलेटका आश समेत गरेको प्रस्ट पारेको छन् ।

रौतहट जिल्लाको गरुडा, सोनरनिया तथा गेडही गुठीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न तथा पार्टी प्रवेश गराउन आएका यादवलाई रौतहटमा नेता तथा कार्यकर्ताहरुले विशाल कार्यक्रम आयोजना गरि स्वागत गरेको छन् ।

केही समय अगाडि मात्रैं एमाले छाडि नया शक्तिमा प्रवेश गरेका गरुडा महमदपुर निवासी राम प्रसाद यादवलाई अध्यक्ष यादवले फोरम नेपालमा माला, अबिर लगाई पार्टी प्रवेश गराएका छन् । गेडहीगुठीमा कार्यक्रम समाप्त गरि रौतहटको क्षेत्र नं. ३ को सोनरनिया पुगेका यादवले एमालेबाट गाविस अध्यक्ष बनेका पूर्व गाविस अध्यक्ष राम एकबाल राय यादवलाई उनका हजारौं सर्मथक सहित अविर, माला लगाई पार्टी प्रवेश गराएका छन् । सो अवसरमा केन्द्रिय सदस्य रेवन्त झा, किशोरी यादव, विन्देश्वर राय यादव, जिल्ला अध्यक्ष धमेन्द्र पटेल पूर्व अध्यक्ष राम निवास राय यादव, फोरम नेपालका मधेश प्रदेशका सदस्य बृज किशोर यादव, महिला नेतृ शोभा देवी लगायतका हजारौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु