प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम  ।प्रदेश नम्बर २ को प्रदेश सभा बैठक सूचना टाँसेर अनिश्चितकालका  लागि  स्थगित  भएको छ । संसदको   निर्धारित   बैठकमा विहिवार नेपाली काँग्रेसले अबरोध गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ । दिउँसो  १  बजे  बोलाईएको  बैठक  केहि  ढिला  सुरु  हुनासाथ  नेपाली  काँग्रेसका  सचेतक  उपेन्द्र  प्रसाद कुशवाहाले प्रतिपक्ष तोक्न मागगर्दै  अबरोध  गरेपछि  सुचना  टाँसेर   अर्को   सुचना   नहुञ्जेल   सम्मका  लागि  स्थगित  गरिएको  छ  ।  बैठक  सुरु  हुना  सचेतक  कुशवाहाले    प्रतिपक्षी    दलको    मान्यता  नदिए  सम्म  बैठक  चल्न  नदिने बताएका थिए ।प्रदेशमा    प्रमुख    प्रतिपक्ष    तोकिएको      छैन्      ।सदनमा      प्रतिपक्षका  लागि  नेकपा  एमाले  र   नेपाली   काँग्रेसले   दावीगर्दै   आएका  छन्  ।संघिय  समाजवादी  फोरम  नेपाल  र  राष्टिय  जनता  पार्टी (राजपा)नेपाल गठबन्धनको सरकारलाई    एमालेले    समर्थन    गरेपछि    काँग्रेसले    प्रतिपक्षको    दावीगर्दै आएको छ । तर एमालेले लिखित रुपमा सरकारलाई समर्थन नगरेको  जनाउँदै  प्रमुख  विपक्षी  दलको  मान्यता  मिल्नेमा  ढुक्क  रहेको   साँसद   सत्रुधन   महतोले   जनाए   ।‘काँग्रेसले   अनावश्यक   किचलो  गरेको  छ’  उनले  भने,  सभामुखले पनि हामीलाई मान्यता दिन ढिलाई गर्नु उचित होईन् ।’काँग्रेसले  बैशाख १५ गते पनि अबरोध गरेपछि बैठक बिहिवारको लागि तोकिएको थियो ।स्रोतहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  जनकपुरधाम  भ्रमणपछि  मात्र    संसद    बैठक    आव्हान    गरिनेछ ।सभामुख सरोज कुमार यादवले सहमतिबाट प्रतिपक्षी दलको निर्णय गरिने बताएका छन् ।उनले सदनलाई व्यवस्थित  रुपमा  सञ्चालन  गर्न  सबै  दलहरुबीच  सहमति  हुनुपर्नेमा  जोडदिदै सदनमा बिजनेश नियमित हुनुपर्नेमा जोड दिए ।

By: ejanakpurtoday.com/

 

 

सम्बन्धित शीर्षकहरु