पुल समयमा नबन्दा साहारा बासको पुल

गौर,२३ बैशाख ।रौतहटको तराई मधेशका नदी किनारका बासिन्दाका बिषयमा राज्यले चासो नदिदा उनीहरुले खोला तरेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । रौतहट जिल्लाको बागमती र लालबकैया नदी किनाराका बासिन्दाले बर्षायाम होस या हिउद याम होस सधै समस्या झेल्दै आएका छन् ।

 बर्षातको समयमा जोखिम मोलेर डुंगा चढदा समेत पैसा तिर्नु पर्ने र हिउदा तेही खोलामा हालिएको बासको पुल तर्दा समेत पैसा तिर्नु पर्ने बाध्यता रहेको छ ।

ति स्थानका बिभिन्न स्थानमा सरकारले बनाउन लागेका पुल समयमा बन्न नसक्दा सर्बसाधारणले सास्ती खेप्नु परेको हो । यस्तो बिषयमा राज्य गम्भिर नहुदा कयौले बागमती र लालबकैया खेलामा भएका डुंगा दुर्घटनामा ज्यान गुमाउनु परेको छ ।

By; http://www.teraiexpress.com

 

 

सम्बन्धित शीर्षकहरु