फोहोर हटाउन नेताहरु सडकमा

जनकपुरधाम ।भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको क्रममा शनिबार बिहान जनकपुरमा  वृहत्त  सरसफाई    गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु   राउतको   अगुवाईमा   वृहत्त सरसफाई गरिएको छ । प्रदेश  सरकारका  मन्त्रीहरु,  जनकपुर  उपमहानगरपालिकाका  प्रमुख,  उपप्रमुख,   प्रदेश   सभा   सदस्य,  सुरक्षानिकायका  प्रमुख,  सुरक्षाकर्मी  नागरिक  समाज, युवा,  महिलाहरुले  संयुक्त  रुपमा  सरसफाई गरेका छन् । कार्यक्रम   स्थल   बारहविग्हा   रंगभूमी   मैदानबाट   सुरु   भएको   सरसफाई    पश्चिममा    रामानन्द    चोकसम्म    गरिएको    थियो ।  पुर्वतिर जानकी मन्दिरसम्म सडक सफाई   गरिएको   छ ।  जानकी   मन्दिरको   उत्तर   र   पुर्वपट्टीको   गेटसम्म     सरसफाई  गरिएको  थियो । सुरक्षाकर्मीहरुलाई रामानन्द चोकदेखि  पिडारीचोकसम्मको  जिम्मा    दिएको    थियो    भने    जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको सडक पनि सरसफाइ गरिएको छ । उक्त सडकको सफाई गर्ने  जिम्मेवारी  नेपाली  सेनालाई  दिइएको   छ   ।   बारहविग्हादेखि   जानकी  मन्दिरसम्मको  सडकलाई  चिटिक्क  पारिएको  छ  ।  चिटिक्क  परेको सडकमा फोहोर नफाल्नको लागि      मुख्यमन्त्री  राउतले  पसल   संचालकहरुलाई   फोहोर   डस्टवीनमा राख्नको लागि भनेका थिए । अंचल   अस्पताल   वरिपरी   संचालनमा   रहेको   औषधी  पसलका फोहोर सडकमा फालिदै आएको  छ  ।  फोहोर  सडकमा  होइन, डस्टवीनमा  फाल्नको    लागि  प्रशासनले  पसल  संचालकहरुमा आग्रह गरेका  थिए ।

BY: http://ejanakpurtoday.com

 

 

सम्बन्धित शीर्षकहरु