बलात्कारको आरोपमा २ पक्राउ

रौतहट,२४ बैशाख ।

बलात्कारको आरोपमा रौतटहको चन्द्रनिगाहपुरबाट दुईजना युवा पक्राउ परेका छन् ।

 एकजना किशोरीलाइ फकाएर बलत्कार गरेको आरोपमा रौतहटको चन्द्रपुरबाट दुइजना युवक पक्राउ परेका हुन् । चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्यसमान किनिदिने भन्दै फकाएर पार्क भित्र जवरजस्ति बलात्कार गर्ने युवक पक्राउ परेको प्रहरीले जनाएको छ । 

 सिन्धुली जिल्ला कमलामाई–६ की १३ वर्षीया एक किशोरी लाइ सर्लाही जिल्ला हरिवन –११ का २६ वर्षीय मुकेस दास अर्का २६ वर्षीय रिजवान अन्सारीले बैसाख २० गते राति बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा किटानी उजुरी परेको छ ।

 सिन्धुलीबाट सर्लाहीको  हरिवन बजार स्थित दिदीको घरमा आएको र साझ घर फर्कने क्रममा वसपार्कमा ति किशोरी लाइ  युवकहरुले भेटेर घर पुर्याइदिन्छु भन्दै रौतहट ल्याएर बलत्कार गरेको  किशोरीको भनाइ छ ।

 पक्राउ परेका युवकले बा.२५.प १३७८ नम्वरको  मोटरसाईकलमा राखेर रौतहटको  चन्द्रपुर –२ स्थित शहीद स्मृति पार्क भित्र लगेर बलत्कार गरेको पिडितको आरोप छ । चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्य समान किनिदिने भन्दै फकाएर पार्क भित्र मुकेस दासले जवरजस्ति गरेको किशोरीले प्रहरी समक्ष बताएकी छिन ।

 एक किशोरीलाइ दुयजना युवकह?ले जबरजस्ति गरीरहेको सुचना पाएपछि दास र अन्सारीलाइ पक्राउ गरीएको र अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन ।

BY: www.teraiexpress.com

 

 

सम्बन्धित शीर्षकहरु