कहा छ नियम ? खाली नाटक मात्र

गौर,२४ बैशाख ।

रौतहटको गौर र गरुडामा ट्राफिक नियम उलंघनकाले पराकाष्टा नघेको भएपनि प्रहरी र ट्राफिक चेकीङकै बाहानामा रमाउने गरेको छ ।

 जिल्ला सदरमुकाम गौरमा भारतीय चोरीका मोटर साइकलमा प्रहरीले कडाई गर्ने भनेको भएपनि त्यो गफमै समिति भएको स्थानीयको भनाई रहेको छ । 

चार बर्ष पुराना बिना नम्बरका मोटर साईकल गौरमा निर्वाध चल्दा समेत गौरमा रहेको ट्राफिक प्रहरी मुकर्दशक बनेको स्थानीय बासिन्दाले तराई एक्सप्रेसलाई बताए । 

चन्द्रनिगाहपुर देखी गौरका बिभिन्न स्थानमा प्रहरी र ट्राफिकले चेकिङको नाममा बिभिन्न स्थानमा धराप थाप्ने गरेको भएपनि कागजात नभएका ,नम्बरनै नभएका भरातीय सवारी साधान नियन्त्रणमा आउन नसकेको गौरका स्थानीय बासिन्दाको भनाई रहेको छ । 

नेपाली नम्बरका ई रिक्सा र अटो रिक्साको भिड गौरमा लाग्ने गरेको भएपनि भारतीय नम्बरका अटोले नेपाली अटोको कमाईमा प्रभाव पार्दा समेत प्रहरी र ट्राफिकको ध्यान जान नसकेको स्थानीय नेपाली अटो चालकहरुको भनाई रहेको छ । 

यता जिल्लाको मध्य भागमा रहेको गरुडा बजारमा समेत ट्राफिक नियम उलंघन गर्नेको संख्यामा बढोत्तरी भएको स्थानीयको भनाई छ । कटहरिया ,समनपुर लगाएतका स्थानबाट २० बर्ष पुराना बिना बत्तिन ब्रेकका साना सवारी यात्रु बोक्दा समेत प्रहरी र ट्राफिकले चासो नदिएको जानकारहरुको भनाई रहेको छ । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राममणी उप्रेतीले जिल्लामा ट्राफिक प्रहरीको संख्या न्युन रहेको भएपनि आफुहरुले सक्दो नियम पालना गराउने काम गरेको बताए । 

जिल्लाको दक्षिणी भेगका स्थानीयमा ट्राफिक नियमको बारेमा चेतना नभएका कारण समेत बिना हेलमेड मोटर साईकल चलाएर आफै असुरक्षित हुनेहरुको संख्या बढदै जान थालेको छ ।

 BY: www.teraiexpress.com

 

 

सम्बन्धित शीर्षकहरु