चिनियाँको बुद्धि, पश्चिमाको औषधि !

हालसालै मात्र चिनियाँहरुले उनीहरुको परम्परागत औषधीलाई अमेरिकामा कसरी हेरिन्छ भन्ने बारेमा ‘द गुआ सा टि्रटमेन्ट’ नामक फिल्म हेरेर थाहा पाए । झेङ सियाओलङ निर्देशित फिल्म चिनियाँ आप्रवासी परिवारमा हजरबुबाले आफ्नो नातिलाई चिसो लागेका बेलामा परम्परागत गुआ शा उपचार विधिद्वारा उपचार गरेकोबारे केन्दि्रत छ ।

चिनियाँहरुले हजारौं वर्षअघिदेखि अपनाउँदै आएको यो उपचार विधिमा विशेष गरी तीखो वस्तु (जस्तै भैंसीको सिङबाट बनेको काँइयो)ले छाला खुकर्ने गरिन्छ । यसले हामीलाई बिरामी बनाउने शरीरभित्रका विषाक्त पदार्थहरुलाई छालाका छिद्रहरुबाट बाहिर निकाल्छ र मानिसलाई सञ्चो हुन्छ । तर, त्यसो गर्दा लागेको कालो र नीलो दागका कारण बालकको स्कुलको शिक्षकले उनीमाथि बाल दुव्र्यवहार भएको हुन सक्ने सोच्छन् ।

त्यसपछि चिनियाँ परिवारलाई बच्चालाई दुव्र्यवहार गरेको आरोप लाग्छ । चिनियाँ परिवार कानूनी झमेलामा फस्छ र उनीहरुलाई शंकालु अमेरिकीलाई चिनियाँ उपचार पद्दति वर्णन गर्न गाह्रो हुन्छ । र सांस्कृतिक अन्तर यति डरलाग्दो बन्छ कि हजुरबुबा चीन र्फकन बाध्य हुन्छन्, जहाँ परम्परागत उपचारलाई बाल दुव्र्यवहार मानिँदैन ।

सन् २००१ मा जब यो फिल्म आयो, धेरैलाई यो वास्तविक लाग्यो । यद्यपि चिनियाँ उपचार पहिलोपटक ‘गोल्ड रस’को समयमा अमेरिका भित्रिएको थियो । र, सन् १९७० सम्म अमेरिकामा अक्युपन्चर विधिको अभ्यास गरेमा जेल नै जानुपर्ने हुन्थ्यो ।

सन् १०७१ मा न्युयोर्क टाइम्सको पहिलो पेजमा छापिएको कोलमिस्ट जेम्स रेस्टनको बेइजिङमा अक्युपन्चर एनेस्थेसियाको माध्यमले एपेन्डिसाइटको अपरेसन गरेको अनुभव नै चिनियाँ उपचारले अमेरिकी मूलधारको मिडियामा स्थान पाएको पहिलोपटक थियो ।

तर, त्यसको ३० वर्षपछि पनि धेरै अमेरिकीहरुले परम्परागत चिनियाँ औषधीका बारेमा सुनेका थिएनन् । अहिले केही कुराहरु प्रष्ट रुपमा फरक भएका छन् ।
सन् २०१५ मा चिनियाँ फर्मास्युटिकल केमिस्ट टु योउयोउलाई मलेरियाको उपचारका लागि एक विशेष प्रकारको वनस्पतिबाट आर्टेमिसिनिन आविष्कारका लागि फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार दिएपछि चिनियाँ औषधिको महत्वले धेरैको ध्यान तान्यो ।

अमेरिकामा जाडो समयमा इपिडेमिक फ्लूका कारण घाँटी बसेको र खोकी लागेको बिरामीलाई निन जियोम नामक चीनमा बन्ने एक हर्वल औषधिले चामत्कारिक रुपमा काम गर्‍यो । यसबारेमा अमेरिकाको मूलधारका सबैजसो प्रकाशनहरुले औषधिको मूल्यसहित छापे ।

अमेरिकी कार्डियोलोजिस्ट र टीभी पर्सनालिटी डाक्टर ओजेडले वैकल्पिक औषधिहरुबारे रुची राखेका छन् । उनको लोकप्रिय हेल्थ टक सो ‘द डाक्टर ओजेड शो’ मा पहिलोपटक चिनियाँ औषधिका बारेमा देखाउनका यही लागि मे महिनामा चीन प्रस्थान गर्दैछन् ।

त्यस्तै न्युयोर्कमा रहेको म्युजियम अफ चाइनिज इन अमेरिकामा हालै चिनियाँ औषधिको इतिहास र विकासका बारेमा एक प्रर्दशनी गरियो । चिनियाँ औषधि मूलधारको अमेरिकी समुदायमा तिव्र रुपमा फैलिरहेको जनाउने अरु पनि यस्ता थुपै्र संकेतहरु छन् ।

तर, अचम्मको कुरा के छ भने यही समयमा चीनमा चिनियाँ र पश्चिमा औषधि कुन राम्रो भन्ने बहस बढिरहेको छ । बीसौं शताब्दीको सुरुमा जब केही पश्चिमा संस्कृतिबाट प्रभावित बुद्धीजीवीहरुले चिनियाँ औषधिको आलोचना गर्न थाले, त्यसपछि यसको बहस सुरु भएको हो ।

सरकारले परम्परागत संस्कृतिलाई प्रवर्द्धन गर्ने नीति लिएपछि अहिले यो विषय झनै चर्केको छ ।

चिनियाँ औषधीका बारेमा शंका गर्नेहरुले यसलाई मिथ्या मात्रै मान्छन् । उनीहरुले यसलाई विभिन्न झुटा र नक्कली उपचार विधि, प्रभावहीन, हानीकारक जडिबुटीहरु र प्रमाणित गर्न नसक्ने संयन्त्रको रुपमा बुझेका हुन्छन् । यो केही हदसम्म ठीक पनि हुन सक्छ ।

चिनियाँ औषधि एक बृहत प्रणाली हो, जुन अनुभव, अभ्यास र अन्र्तज्ञानमा आधारित छ । र, धेरैजसो यो क्युआइ, अक्युपोइन्ट्स र मेरिडियन्स जस्ता नदेखिने अवधारणामा आधारित छ ।

हजारौं वर्षदेखि चल्दै आएको यस्तो प्रणाली वैज्ञानिक तथ्याङ्क र क्लिनिकल ट्रायलहरुमा आधारित पश्चिमा औषधीभन्दा अन्धविश्वासी र प्रभावहीन भएको भन्ने कुरामा केही बढी ठाउँ हुन सक्छ । जो शंकालु छन्, उनीहरुलाई आश्वस्त गर्न धेरै गाह्रो छ ।

यो रिक्ततालाई कम गर्नका लागि एकमात्र उपाय भनेको चिनियाँ औषधिको प्रभावकारितालाई पुष्टि गर्नेखालका वैज्ञानिक परीक्षणहरु गर्ने नै हो । आजका चिनियाँ उपचारपद्दतिको अभ्यासकर्ताहरुले यस्तो गरिरहेका पनि छन् । तर, यहाँ कथाको अर्को तह पनि छ जसलाई अलि महत्व दिनुपर्छ ।

वाल स्टि्रटको फाइनान्सियरबाट चिनियाँ औषधिको अभ्यासकर्तामा रुपान्तरण भएकी र प्रर्दशनीको अतिथि क्युरेटर डोन्ना माहले एउटा घटना सुनाइन्ः उनी सानी हुँदा हजुरआमाले लिच्ची धेरै गर्मी हुने भन्दै एकपटकमा तीन वा चारभन्दा धेरै लिच्ची खान दिँदैनथिइन् । जब उनले किन भनेर सोध्ने गर्थिन्, तब हजुरआमासँग कुनै पनि उत्तर हुँदैनथ्यो । त्यसैले उनले यो महंगो फल खानबाट रोक्ने हजुरआमाको जुक्ति होला भन्ने सोच्ने गर्थिन् ।

तर, जब ठूली भएपछि उनी चीन गइन् र सक्नेजति लिच्ची खाइन्, तब उनको मुखभरि फोका उठ्यो । ‘त्यसपछि मात्रै वर्णन गर्न नसकिने परम्परागत ज्ञानले साँच्चै काम गर्ने बल्ल मैले बुँझे’ माहले भनिन् ।

माहको कथाले हामीलाई चिनियाँ र पश्चिमा औषधिको लडाइँ औषधीको बारेमा मात्रै नभई मानवजातीको विश्व अनुसन्धानको बारेमा पनि हो कि भनेर सोच्न बाध्य बनाउँछ ।

साँच्चै नै विश्व बुझ्नका लागि विज्ञान महत्वपूर्ण तरिका हो । तर, यो मात्रै एक तरिका हैन र यसले सबै कुरा वर्णन गर्न सक्दैन । जब धेरै मानिसले यो कुरा महसुस गर्नेछन्, तब यो लडाइँ आफै हराउँछ ।

(लेखक न्यूयोर्कमा आधारित पत्रकार हुन् । यो सामाग्री ग्लोबल टाइम्सबाट अनुवाद गरिएको हो ।)


 

 

सम्बन्धित शीर्षकहरु