को थिए अमेरिका पुग्ने पहिलो नेपाली ? जसको चर्चा यू स्टाट अगेनमा हुँदैछ

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुको बारेमा तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको औपचारिक प्रशारण आइतबारबाट सुरु हुने भएको छ ।

केही दिन पहिला टेक्सासमा एक भब्य कार्यक्रमका बीच सुरु भएको कार्यक्रम नेपालको समय अनुसार आइतबार राति १० बजे नेपाल टेलिभिजन प्लसमा प्रशारण हुने भएको हो ।

हरेक महिनाको दोश्रो र अन्तिम आइतबार राति प्रशारण हुने कार्यक्रमको पहिलो भागमा अमेरिकामा रहेका नेपालीहरुको समग्र अवस्था र कार्यक्रमको रुपरेखालाई समेटेर तयार पारिएको जनाइएको छ हरेक महिनाको दोश्रो र अन्तिम आइतबार राति प्रशारण हुने कार्यक्रमको पहिलो भागमा अमेरिकामा रहेका नेपालीहरुको समग्र अवस्था र कार्यक्रमको रुपरेखालाई समेटेर तयार पारिएको जनाइएको छ ।

प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोर्कण बिष्ट, एमाले सचिव योगेश भट्टराई, अमेरिकाको लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, महावाणिज्यदुत मधु मरासीनी,  कलाकार सिताराम कट्टेल, बद्रि पंगेनी, एनआरएनएका महासचिव डाक्टर बद्रि केसी लगायतले शुभकामना दिएको कार्यक्रममा महानायक राजेश हमालको प्रमुख आतिथ्यता र अमेरिकामा बिशिष्ट ब्यक्तीहरुको सहभागितामा सुरू गरिएको थियो ।

कार्यक्रमका निर्माता तथा प्रस्तोता सूर्य थापाका अनुसार पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपालीदेखि हालसम्मका नेपालीहरुको अमेरिकामा गरेका उपलब्धी र अवस्थाका बारेमा कार्यक्रममा चर्चा गरिएको छ ।

अमेरिकाको नेपाली समुदायमा लामो समय टेलिभिजन पत्रकारिता गरेका थापाले कार्यक्रमको पहिलो भाग पश्चात भने हरेक पन्ध्र दिनमा नियमित रुपमा कार्यक्रम प्रशारण हुनेछ  ।

कार्यक्रमको औपचारिक उद्घाटन गरेदेखि नै धेरैले माया गरेर हौसला दिएकोमा खुशी ब्यक्त गर्दै थापाले ह्यारी क्रियशनका हरी लामिछानेको साथमा कार्यक्रमहरु निर्माण भइरहेको समेत जानकारी दिएका छन् ।

अमेरिकाको बिभिन्न राज्यमा पुगेर निर्माण हुने कार्यक्रमका केही भागहरु तयार भइसकेको जनाइएको छ ।  कार्यक्रम यु स्टाट अगेनको उद्घाटन देखिनै आफूलाई हौसला दिने सबैलाई थापाले आभार ब्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु