पिडा खप्दै शंकर

पवन रौतहट | चंद्रपुर नगरपालिका अन्तर्गत पर्ने व.डा न. २ रैयाटोलमा सानो झुप्रो घर बनाएर बसेका शंकर परियार येतिखेर अज्ञात रोगका कारण कुजियर बसेका छन्, जसका कारण यतिखेर उनको घरमा राम्रो संग चुलो सम्म बल्न सकेको छैन ।

आफ्नो दैनिक जिविको पार्जन गर्नको लागि २ वर्ष अगाडी राजमिस्त्रीको काम गरेका परियार २ बर्ष पछाडी अज्ञात रोगका कारण हात र खुट्टाका औला झरेर एकै स्थानमा थलिएका छन् । रातभर पिडामा छट्पटाएर वस्ने परियारका खुट्टा र हातको कुनै पनि औला छैनन् । औला सुक्ने र आफै भाचिने समस्या आएपछि कुनै पनि अस्पतालमा उपचार हुन नसकेपछि घरमा थलिएर रहेका ३५ वर्षीय शंकर आशु वाहेक आफ्नो जिन्दगिमा अब बाकी केहि नरहेको वताउछन् ।

 

 

सम्बन्धित शीर्षकहरु