ओलीले जानकी मन्दिरमा मोदीलाई स्वागत गर्ने

 जनकपुरधाम  ।  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  भारतीय  समकक्षी  नरेन्द्र  मोदीलाई  जानकी  मन्दिरमा  स्वागत  गर्ने  छन्  ।  उच्च  पदस्थ   अधिकारीहरुका   अनुसार   प्रधानमन्त्री   ओलीले   प्रधानमन्त्री  मोदीलाई   शुक्रवार  बिहान  जानकी  मन्दिरमा  स्वागत  गर्ने  छन्  ।

  ओलीको आमन्त्रणमा दुई दिवसिय राजकिय भ्रमणमा मोदी  बिहारको   पटनाबाट   सोझै   जनकपुरधाम आउने छन् । हेलिकोप्टरबाट सोझै जनकपुरधाम  आउने  मोदीलाई  विहान  ओलीले  जानकी  मन्दिरमा  स्वागत  गर्ने  छन्  ।

  जानकी  मन्दिर  परिसरमा  नै  दुवै  प्रधानमन्त्रीले  संयुक्त  रुपमा   प्रेसलाई   सम्बोधन   गर्ने   कार्यक्रम   रहेको  अधिकारीहरुले  जनाए  ।  प्रधानमन्त्री  मोदीलाई  जानकी  मन्दिरमा  स्वागत  र  प्रेस  भेंटपछि  प्रधानमन्त्री  ओली  काठमाण्डु  फर्किने  छन् ।  मोदी बारहबिघामा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागि हुने छन् ।सोमवार     भारतीय     उच्च     सुरक्षा     अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुसित बैठक  गर्ने  कार्यक्रम  छ  ।बैठकपछि  मात्र  प्रधानमन्त्री   मोदीको   हेलिकोप्टर   अवतरण   हुने,  मार्ग,  नागरिकलाई  सडक  पेटीमा  राख्न  सकिने  लगायतका  कार्यक्रमहरुको  टुंगो  लाग्ने  छ  ।  बारहबिघामा  आयोजना  हुने  नागरिक  अभिनन्दन  समारोहमा  सबैको  प्रवेश  खुल्ला  र  निर्वाध  गरिएको  छ  ।मोदीको  भाषण  चलिरहँदापनि   अभिनन्दन   समारोह   स्थल   बारहबिघा प्रवेश खुल्ला रहने बताईएको छ । तर  जानकी  मन्दिरमा  प्रवेश  सिमित  गरिएको  छ  ।  बारहबिघामा  सहभागिहरुलाई  मनोरञ्जन  प्रदान गर्न बिहान साढे आठ बजेदेखि साँस्कृतिक कार्यक्रम सुरु हुनेछ । प्रदेश प्रचार प्रसार समितिले मोदीको यात्रा मार्गको ५ स्थानमा विशेष झाँकी प्रदर्शनको  तयारी  गरेको  छ  ।‘अष्टावक्र  विद्वत  सभा’, झिझिया, समाचकेवा, डोमकक्ष र धनुष यज्ञ’को प्रदर्शन गरिने समितिका संयोजक समेत रहेका वन,वातावरण तथा उद्योग मन्त्री रामनरेश रायले जनाए ।

BY: ejanakpurtoday.com

 

 

सम्बन्धित शीर्षकहरु