जानकी मेडिकल कलेजका चिकित्सक आन्दोलित

जनकपुरधाम   ।  जनकपुधामको  एकमात्र  शिक्षण  अस्पताल    जानकी    मेडिकल    कलेजको कर्मचारी र चिकित्सकहरु पुन ः आन्दोलित बनेका छन् । १४  महिना  सम्मको  करिव  ४  सय   कर्मचारी   र   चिकित्सकहरुको   तलव   वापत   करिव   २८   करोड   रुपैयाँ  बाँकी  रहको  भन्दै  उनीहरुले  पटक पटकको आन्दोलन र अस्पताल प्रशासनसंगको   सम्झौताको   सुनुवाई   नभएको आरोप लगाएका छन् । १० वर्ष देखिको  दशंै  भत्ता  समेत  नपाएको  र  ४  वर्ष  देखिको  सञ्चयकोषको  समेत अतोपतो नरहेको भन्दै उनीहरु कामगर्न र छोडन समेत नसकिरहेको दुःखेसो पोखे ।आन्दोलित    कर्मचारी    र    चिकित्सक  सहितको  कर्मचारी  हकहित  संरक्षण  संघर्ष  समितिले  भारतीय     प्रधानमन्त्री     नरेन्द्र     मोदीको  भ्रमण  बैशाख  २८  गते  सम्म सम्पुर्ण शैक्षिक र प्रशासनिक कामकारवाही    ठप्प    पार्ने    र    आफुहरुको माग सम्बोधन नभए २९  गतेदेखि  सम्पुर्ण  सेवा  ठप्प  पार्ने चेतावनी समेत दिएका छन् । एक  वर्ष  अगाडी  ओपी  पाण्डेय  चेयर  म्यान  हुँदा  प्रभु  बैंकको  ३४  करोड  ऋणमा  रहेको  कलेज  एक  वर्ष पछि अहिले आएर १ सय ५० करोड  ऋणमा  रहेको  देखिएको  भन्दै उनीहरुले षडयन्त्र तहत कुनै शक्ति  कलेज  बन्द  गराउन  लागि  परेको  समितिका  सह–संयोजक  कुलदिप साहले बताए । करिव ३ सयको हाराहारीमा अध्ययनरत   विद्यार्थीहरु   समेत   बिचल्लीमा  परेका  छन्  ।  पढाई  कहिल्यै  नभएको  र  परीक्षा  मात्र  दिनु  परेको  उनीहरुको  गुनासो  छ   ।   संर्घष   समिति   प्रशासन   कक्षमा     आइतवार     विहान     तालाबन्दी    गरेका    थिए    ।    सञ्चालक  दिल्लीराज  पौडेलले  ताला तोडन खोज्दा विवाद समेत भएको थियो । पछि पुनः सम्पुर्ण कर्मचारी  तालाबन्दी  गरि  धर्नामा  बसेका छन् । 

 

 

सम्बन्धित शीर्षकहरु