४५ दिने डकर्मी तालिम सम्पन्न

गौर । रौतहटमा आयोजित ४५ दिने डकर्मी तालिम आइतबार सम्पन्न भएको छ । नेपाल सरकार तथा बेलायत सरकार द्वारा संचालित सामुदायिक विकास कार्यक्रम जिल्ला परियोजना रौतहटको आयोजनामा सदरमुकाम गौरमा आयोजित ४५ दिने रोजगारमूलक डकर्मी तालिम आइतवार संम्पन भएको छ ।नेपाल ग्रामीण पुनर्निर्माण सस्था द्वारा संचालित सीडीपीले बेरोजगार युवकलाइ आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । तालीममा १९ जना युवाहरु सहभागी रहेका थिए ।पाथिभरा हिमालयन पा।।।लिटेक्निक इंस्टिच्यूटको प्राविधिक सहयोगमा संपन्न तालीममा सहभागीहरुलाई प्रशिक्षक द्वय जीतेन्द्र साह ,विजय साहले पिलरको छड़ कसरी बांधने,भूकम्प प्रतिरोधक घरको वाल कसरी जोड़ने लगायतका कुराको शिप सिकाएका हुन । जिल्ला संयोजक लिलबहादुर कार्कीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि उद्योग विकास अधिकृ जयकान्त झाले तालीममा लिएका शिप आफ्नो जीपीकोपार्जनको लागि व्यहारमा लागु गर्नुपर्ने जोड़ दिएका छन ।कार्यक्रममा आधारभूत विद्यालय बाल मन्दिरका प्रध्यानाध्यापक गणेश यादव, सहयोगी सस्थाका प्रमुख कृष्णा साह ,पत्रकार राकेश कुमार यादव, जीविकोपार्जन तथा सुसाशन अधिकृत युवराज कार्की  लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए  । तालिममा सहभागीलाई प्रमाण पत्र सहित कार्य गर्नको लागि उपयोगी हुने खालका उपकरणहरु सहयोग दिइएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु