सात प्रदेशमा १४ ओटा फुटबल एकेडेमी बनाउने एन्फा अध्यक्षको उद्घोष

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘म्याच फिक्सिङ’विरुद्ध तत्काल कानुन ल्याउनुपर्ने बताएका छन् ।

आइतबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले म्याच फिक्सिङविरुद्धको कानुन ल्याउन सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल गर्नुपर्ने बताए ।

खेलाडीहरुलाई सूक्ष्म निगरानीमा राख्ने तथा अनुशासन र अपिल कमिटीहरु बनाएर खेलकुदमा हुने सबैखाले मिलेमतो रोक्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

फुटबलमा नीतिगत पारदर्शिता हुनुपर्ने भन्दै शेर्पाले आफूहरु अब त्यसैमा केन्द्रित हुने बताए ।

एन्फाको आर्थिक नियमावली बनाउने र म्याच फिक्सिङ रोक्न फिफाले बनाउँदै गरेको सफ्टवेयर प्रविधि भित्र्याउने उनको भनाइ थियो ।

सोमबार (भोलि) बस्ने एन्फा बैठकबाट तत्काल लिग सन्चालनका लागि निर्णय गर्ने जानकारी दिँदै उनले सातओटा प्रदेशमा १४ ओटा फुटबल एकेडेमी बनाउने पनि बताए ।

 

 

सम्बन्धित शीर्षकहरु