नेपाल विद्यार्थी संघद्धारा झुल वितरण

चन्द्रनिगाहपुर,१६ जेठ ।नेपाल विद्यार्थी संघ रौतहटले मंगलबार चन्द्रपुर – ५ राजपैडामा स्कुले विद्यार्थी लाई झुल बितरण गरेको छ । ११ औं गणतन्त्र दिवसको अवसर पारेर संघले आधुनिक प्राथमिक विद्यालयका एक सय जना विद्यार्थीलाई झुल वितरण गरेको हो । 

बढदो गर्मी मौसममा लामखुट्टेको टोकाईबाट जोगाउन विद्यार्थी लाई झुल बितरण गरेको आयोजकले जनाएको छ । नेपाली का“ग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यताामा भएको झुल बितरण कार्यक्रममा पुर्व सांसद जितेन्द्र यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको आतिथ्यता रहेको थियो । यस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर ५ का वडाअध्यक्ष संजय काफले, नेपाली का“ग्रसका अनन्त कोईराला,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य फिरोज आलम , अजय साह, ऋषीराम काफले लगायतको आथित्यता रहेको थियो । सो कार्यक्रममा नेपाली काग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवले गरिब, दुखीको पक्षमा नेपाली काग्रेस सदैब रहेको बताए । नेपाल विद्यार्थी संघका रौतहटका अध्यक्ष श्याहरी चौलागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमका उदघोषक गोपाल हुमागाई रहेका थिए ।

२०७५ जेठ १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार । 

 

 

सम्बन्धित शीर्षकहरु