एक विधेयक पारित, तीनमा छलफल सकियो

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २  को  दोश्रो  अधिवेशन   अन्तर्गत   मंगलबार   बसेको   बैठकले   सार्वजनिक  लिखत प्रमाणीकरण सम्बन्धी विधेयक पारित गरेको छ । अन्य तीन वटा विधेयकमा छलफल पुरा  भएको  छ  ।  प्रदेश  सभाका  पदाधिकारी  तथा  सदस्यहरुको सेवा सुविधा सम्बन्धी, स्थानीय तहको सेवा  सुविधा  सम्बन्धी  र  स्थानीय  तहको  बैठक  संचालन सम्बन्धी विधेयकमा मंगलबारको बैठकमा छलफल भएको थियो । छलफल पुरा भएर लामो समयदेखि पारित हुन नसकेको  सार्वजनिक  लिखत  प्रमाणीकरण  विधेयक  पारित  भएको  छ  ।  यसका  साथै  प्रदेश  सरकारले  अहिलेसम्म तीन वटा विधेयक पारित गराउन सफल भएको  छ  ।  यसअघि  आर्थिक  कार्यविधि  र  चालु  आवको  बजेट  पारित  भएर  प्रमाणीकरण  समेत  भइसकेको छ । प्रदेशसभाको       बैठकबाट       प्रदेशसभाको       पदाधिकारी  तथा  सदस्यहरुको  पारिश्रमिक  पाउने  सुविधा  सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  विधेयक  २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव, प्रदेश नं. २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने  सुविधाको  सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  विधेयक  २०७५  र  प्रदेश  नं.  २  को  गाउँ,  नगर  र  जिल्लासभा सञ्चालन (कार्यविधि) विधेयक २०७५ माथि  विचार  गरियो  भन्ने  प्रस्ताव  सर्वसम्मतिबाट  पारित भएको हो ।यसैगरी  मन्त्री  यादवले  प्रदेशका  सार्वजनिक  लिखत    प्रमाणिकरण    कार्यविधिको    सम्बन्धमा    व्यवस्था  गर्न  बनेको  विधेयक  २०७४  र  प्रदेशका  सार्वजनिक   लिखत   प्रमाणिकरण   कार्यविधिको   सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  विधेयक  २०७४  समेत पारित भएको छ । प्रदेश सभाको अर्को बैठक जेठ २१ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

 

 

सम्बन्धित शीर्षकहरु