सबैको घरमा पक्कि चर्पी

पवन रौतहट | चंद्रपुर नगरपालिका १२ न. व. डा. लाई एक बिशेष समारोहका बीच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी उद्दब बहादुर थापाको प्रमुख आतिथ्य र खानेपानि डिभिजन प्रमुख अनिल केशरी, लगाएत वडा नागरिक मंच, पत्रकार, महिला अधिकारकर्मी, प्रहरी प्रशासन लगाएत विभिन्न संघ संस्था को उपस्थिति रहेको थियो । प्लान नेपालको सहयोग तथा जिल्ला खानेपानी सरसफाई समन्वय समिति संगको सहकार्यमा जनसेवा नेपाल रौतहटको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । साविक वडा न.१२ मा ९६६ घरधुरीमा ९६६ घरमै पक्कि शौचालय निर्माण गरि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको जनसेवा नेपालका कार्यक्रम संयोजक भाग्यनारायण महतो ले जानकारी दिनुभयो । कार्यक्रम वडा न. १२ का वडा सचिव संजय चौधरीको सभा अध्यतामा भएको हो ।

 

 

सम्बन्धित शीर्षकहरु