हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् ।

रुसमा विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी छँदा सहभागी सबै ३२ टोलीले अन्तिम चरणको तयारी गरिरहेका छन् ।

विश्वकपको तयारीकै लागि गएराति भएको एउटा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ ।

विश्वकपको उपाधि दावेदार मानिएको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् । टोलीका लागि चौथो गोल भने सर्जियो अगुएरोले गरेका हुन् ।

विश्वकप फुटबलकै तयारीमा रहेको मध्य अमेरिकी मुलुक पानामाले भने गएराति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।

यसैगरी पेरुले स्कटल्याण्डलाई २-० ले हराउँदा मेक्सिकोले वेल्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु