गाडीकाे ठक्करबाट सुरक्षाकर्मी घाइते

धनुषा

— प्रदेश सभा सचिचवालयका शाखा अधिकृतले चलाएको गाडीको ठक्करबाट प्रदेश कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी घाइते भएका छन् ।

प्रदेश सभा सचिवालयका शाखा अधिकृत अमरेन्द्र कुसियतले चलाएको बा २ च ६५० नम्बरको टोयटा कारको ठक्करले प्रहरी हवल्दार शिवजी देव शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधबार राति ८ बजे प्रदेश सभा परिसरमा सुरक्षार्थ खटिएका हवल्दार शर्मालाई तीब्रगतिमा आएको कारले ठक्कर दिएकाे हाे। उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारकालागि काठमाडौ रिफर गरिएको छ।

शर्माको दहिने खुट्टामा गम्भिर चोट लागेको छ। सवारी चालक सिरहा नगरपलिका–८ का अधिकृत कुसियतलाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। कुसियतसंग सवारी चालक अनुमति पत्र नरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित शीर्षकहरु